यी हुन् राष्ट्रियसभाका कांग्रेसका १० उम्मेदवार

हिमाल प्रेस २३ पुष २०८० ७:११
20
SHARES
यी हुन् राष्ट्रियसभाका कांग्रेसका १० उम्मेदवार कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवार टुंगो लगाएको छ। कांग्रेसले संस्थापन पक्षका सात र संस्थापन इतरका ३ सहित १० उमेदवार टुंगो लगाएको हो।

कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेशमा आनन्दप्रसाद ढुंगाना, बागमतीमा विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेतले टिकट पाएका छन्।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारले टिकट पाएका छन्।

लुम्बिनीमा कांग्रेसले विष्णुदेवी सापकोटालाई टिकट दिएको छ।

कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन्।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज उमेदवारी मनोनयन हुँदैछ।

प्रकाशित: २३ पुष २०८० ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =