गण्डकी मेडिकल कलेजका दुई युवती मृत्युको घटनामा कारचालक जेल चलान

हिमाल प्रेस २२ पुष २०८० १५:१९
66
SHARES
गण्डकी मेडिकल कलेजका दुई युवती मृत्युको घटनामा कारचालक जेल चलान

पोखरा- कास्कीको लेखनाथमा गत २४ मंसिरमा कार ठक्करबाट स्कुटरमा सवार २ जना युवतीको मृत्यु भएको घटनामा कार चालक मानबहादुर बानियाँ पुर्पक्षका लागि कारागार चलन भएका छन्।

सवारी ज्यानसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। उक्त घटनामा डिल्लीराम बरालसमेतले कार चालक बानियाँलाई विपक्षी बनाई उजुरी दिएका थिए।

पृथ्वी राजमार्गअन्तर्गत लेखनाथको सुन्दरीबजारमा कारले स्कुटरलाई गण्डकी मेडिकल कलेजमा अध्ययनरत् पोखरा २५, हेमजाकी २३ वर्षीया अनिशा खड्का र पोखरा ५, जिरो किमीकी २४ वर्षीया भावना बरालको मृत्यु भएको थियो।

पोखराबाट तालचोकतर्फ जाँदै गरेको बिएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई उक्त दिन दिउँसो ४ बजेर १५ मिनेटमा ठक्कर दिएको थियो।

यसैबीच, उक्त मुद्दामा आइतबार अदालतमा थुनछेक बहस हुने थाहा पाएपछि आरोपीलाई रिहा नगर्न नहुने माग गदै मृतकका आफन्त, आमा समूह, क्लब तथा स्थानीयले अदालतमा नाराबाजी गरेका थिए। हेमजाकी गीता केसीले चालकको लापरबाहीले होनहार छोरीचेलीको मृत्यु हुनु दुःखद भएको बताउँदै दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताइन्।

यो पनि

कारले स्कुटरलाई ठक्कर दिँदा पोखरामा दुई युवतीको मृत्यु

प्रकाशित: २२ पुष २०८० १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 13 =