राष्ट्रियसभा निर्वाचन : चुनाव हुने १९ सिटमा कुन दललाई कुन प्रदेशमा कति सिट?

हिमाल प्रेस २२ पुष २०८० १३:३९
8
SHARES
राष्ट्रियसभा निर्वाचन : चुनाव हुने १९ सिटमा कुन दललाई कुन प्रदेशमा कति सिट? फाइल तस्बिर

काठमाडौँ- सत्ता गठबन्धन दलबीच राष्ट्रियसभामा रिक्त २० सिटका लागि भागबन्डा टुंग्याएका छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गठबन्धन दलबीच भागबन्डा टुंगिएको बताए

आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि सकिँदैछ। राष्ट्रपतिबाट मनोनितबाहेक १९ जनाका लागि माघ ११ गते निर्वाचन हुँदैछ। पदावधि सकिनुभन्दा ३५ दिनअघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले माघ ११ गते राष्ट्रियसभा सदस्य पदको निर्वाचन हुँदैछ।

फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, स्वतन्त्र १ र राष्ट्रपतिद्वारा मनोनित १ जना छन्।

त्यसमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ।

कुन प्रदेशमा कुन दलको उम्मेदवार?

नेपाली कांग्रेस (१०) : कांग्रेसले कोशी प्रदेशमा १, मधेशमा १, बागमतीमा २, गण्डकीमा २ र सुदूरपश्चिममा २ सिट पाउने भएको छ। यस्तै, कर्णाली र लुम्बिनीमा कांग्रेसले थप १-१ सिट पाउने सहमति भएको छ।

माओवादी केन्द्र (६) : माओवादी केन्द्रले कोशीमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाउने सहमति भएको छ।

एकीकृत समाजवादी (२) : एकीकृत समाजवादी बागमती र कर्णालीमा १-१ सिट पाएको छ।

जसपा (१) : मधेशबाट १ सिट पाउने सहमति भएको छ।

प्रकाशित: २२ पुष २०८० १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − one =