लालीगुराँस युवा क्लबलाई त्रिवेणी कप उपाधि

हिमाल प्रेस २२ पुष २०८० ८:३३
8
SHARES
लालीगुराँस युवा क्लबलाई त्रिवेणी कप उपाधि

पोखरा- ३१ औं त्रिवेणी कप उपाधि क्होलासोथार गाउँपालिका ४ भुजुङको लालीगुराँस युवा क्लबले जितेको छ। यो प्रतियोगिता गण्डकीमा आहारारा पोखरा गोल्डकपपछि दोस्रो ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हो।

शनिबार बेंसीसहरस्थित सहजी खेल मैदानमा भएको फाइनलमा बेंसीसहर युथ सोसाइटी लमजुङलाई १-० गोलअन्तरले पराजित गर्दै १९ वर्षपछि उपाधि जित्न सफल भएको हो।

२०६१ सालमा उपाधि जितेको उसले यसपालि विपक्षीको आत्मघाती गोल उपहारसँगै उपाधिसहित ८ लाख रुपैयाँ पुरस्कार जितेको हो। उपविजेताले ४ लाख पाएको आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताए।

बेंसीसहर युथ क्लबका विदेशी खेलाडी आन्द्रेय नियाले खेलको ६० औं मिनेटमा आत्मघाती गोल गरेका हुन्। विपक्षीका खेलाडीको खेलाडीको प्रहार फर्काउनेक्रममा नियाको टाउकोमा लागेर बल गोलपोस्ट छिर्दा भुजुङ टिमको भाग्य चम्किएको हो। सेमिफाइनलमा समेत भुजुङ टिमले आत्मघाती गोल उपहार पाएको थियो।

सर्वोकृष्ट खेलाडीको उपाधि बेंसीसहर युथ सोसाइटीका लक्षु थापा बने । उनले नगद २० हजार पुरस्कार जिते। सर्वाधिक गोलकर्ता सुन्दरबजार फुटबल क्लबका एरन थापा (४ गोल) ले नगद २० हजार प्राप्त गरे।

अनुशासित खेल प्रदर्शन गर्ने टिम अभिशेक चर्च रजहरलाई फेयर प्ले ट्रफी प्रदान गरिएको छ।
सेमिफाइनमा पुग्न सफल लाङ्दीदेवी युवा क्लब क्लब नाल्मा लमजुङ र अभिषेक चर्च नवलपुरले १–१ लाख रुपैयाँ साथमा मेडल र र प्रमाणपत्र प्राप्त गरे।

विजयीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कृत गरे। उनले नेपाली महिला टोलीका खेलाडी सावित्रा भण्डारी ‘साम्बा’लाई पनि सो अवसरमा सम्मान गरेका छन्।
२१ टिमले भाग लिएको प्रतियोगितामा लमजुङसहित काठमाडौं, काभ्रेपलाञ्चोक, चितवन, नवलपरासी, तनहुँ, कास्की लगायत जिल्लाका टिमले भाग लिएका थिए।
फाइनलमा दर्शक प्यारापिट अभावमा पाखाभरि बसे।

प्रकाशित: २२ पुष २०८० ८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seventeen =