राष्ट्रियसभा निर्वाचन : एमालेले १९ वटै पदमा उम्मेदवारी दिने

हिमाल प्रेस २० पुष २०८० १७:४६
74
SHARES
राष्ट्रियसभा निर्वाचन : एमालेले १९ वटै पदमा उम्मेदवारी दिने फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ वटै पदमा उम्मेदवारी दिने भएको छ। शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले माघ ११ गते हुने निर्वाचनमा सबै पदमा उम्मेदवारी दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

‘रिक्त हुने आधारमा प्रदेश कमिटीले प्रत्येक क्लस्टरमा ३ जनाको नाम सिफारिस गर्नुभएको छ। ती नामका बारेमा छलफल गरेका छौँ,’ पोखरेलले भने, ‘कतिपय क्लस्टरमा थप छलफल गर्नुपर्ने भएको छ। थप छलफल र प्रस्ट भएपछि पुस २३ गते १९ वटै पदमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छौँ।’

राष्ट्रियसभा अध्यक्षसहित १९ पदमा निर्वाचन हुँदैछ। यो निर्वाचनमा सत्ता गठबन्धनले साझा उम्मेदवारी तय गर्ने निर्णय गरिसकेका छन्। तर, नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई पनि केही पद दिनुपर्ने प्रस्ताव गठबन्धनमा गरेपछि कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा दाहालसँग रुष्ट बनेका छन्।

त्यस्तै आजको बैठकले ६ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय पनि गरेको छ।  तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दिपक कार्कीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको महासचिव पोखरेलले जानकारी दिए।

कार्कीबाहेक सबै पूर्वप्रदेश अध्यक्ष भएर जिम्मेवारी सम्हाली सकेका छन्। कार्कीले झापाका पूर्वअध्यक्ष हुन्।

प्रकाशित: २० पुष २०८० १७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 3 =