प्राधिकरणले पीपीए नगरेका प्रवर्द्धकलाई रोलक्रमबाट हटायो

हिमाल प्रेस २० पुष २०८० १४:५८
6
SHARES
प्राधिकरणले पीपीए नगरेका प्रवर्द्धकलाई रोलक्रमबाट हटायो

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) नगरेका १५ आयोजनाका प्रवर्द्धकलाई रोलक्रमबाट हटाएको छ।  प्राप्त निवेदनमा रितपूर्वक आवश्यक कागजात, दस्तावेज संलग्न नभएको तथा तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएकाले पीपीएको प्रक्रियाबाट हटाइएको प्राधिकरणले जनाएको हो।

कागजात नबुझाएका ती आयोजना अधिकांश नदी प्रवाही प्रकृतिका छन्। विद्युत् व्यापार विभागका अनुसार ती आयोजनाको कुल क्षमता २१५ मेगावाट छ। पीपीएको रोलक्रमबाट माथिल्लो त्रिशूली दोस्रो १०२ मेगावाट, चमेलिया छटिगाड ८५ मेगावाटलगायत ठूला आयोजनासमेत हटेका छन्।

यी आयोजनाका प्रवर्द्धकलाई रोलक्रमबाट हटाएर प्राधिकरणले ६ वटा थप आयोजनाका प्रवद्र्धकलाई पीपीए प्रक्रियामा आउन आग्रह गरेको छ। आग्रह गरिएका आयोजनाको क्षमता २२८ मेगावाट छ।

प्रकाशित: २० पुष २०८० १४:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =