ओली र लामिछानेबीच बालकोटमा छलफल

हिमाल प्रेस २० पुष २०८० १३:२५
130
SHARES
ओली र लामिछानेबीच बालकोटमा छलफल फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। शुक्रबार ओलीलाई भेट्न लामिछाने ओली निवास बालकोट पुगेका हुन्।

उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमसहितका विषयमा कुराकानी भएको बताए पनि के विषयमा कुरा भइरहेको भन्ने नेताहरूले खुलाएका छैनन्। आज एमालेको सचिवालय बैठक पनि बस्दैछ। ओलीले सचिवालय बैठकमा जानुअघि लामिछानेसँग कुरा गरेका हुन्।

माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। एमालेले सत्तागठबन्धनसहितका दलसँग छलफल गरिरहेको छ। राष्ट्रियसभा निर्वाचनमा भने रास्वपा सहभागी हुन पाउँदैन। प्रदेशसभा र स्थानीय तहमा उम्मेदवार नभएकोले रास्वपासँग राष्ट्रियसभाका लागि मताधिकार छैन।

आगामी फागुनदेखि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित एमालेका ८ जना राष्ट्रियसभाका सदस्य बिदा हुँदैछन्। ओलीले राष्ट्रियसभामा कम्तिमा ६ सिट एमालेलाई चाहिने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रस्ताव गरेका थिए। सोही आधारमा दाहालले पनि एमालेलाई पनि गठबन्धनबाट सिट बाँडफाँट गर्नुपर्ने प्रस्ताव कांग्रेससमक्ष गरेका छन्। दाहालको यही प्रस्तावका कारण कांग्रेस माओवादीसँग चिढिएको छ।

प्रकाशित: २० पुष २०८० १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =