राष्ट्रियसभा निर्वाचन : आज मतदाता नामावली प्रकाशन गरिने

हिमाल प्रेस २० पुष २०८० ६:५५
8
SHARES
राष्ट्रियसभा निर्वाचन : आज मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोग

काठमाडौँ- राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावली प्रकाशन गरिने भएको छ। निर्वाचन अधिकृतको कार्यालयले मतदाता नामावली प्रकाशन गर्न लागेको हो।

प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायतका काम आजैदेखि सुरु हुनेछ। निर्वाचन आयोगका अनुसार आइतबार (पुस २२ गते) अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिने र शुक्रबार (पुस २७ गते) उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

त्यस्तै शनिबार (पुस २८ गते) उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ। माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।

प्रकाशित: २० पुष २०८० ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eleven =