वेस्ट विङ विद्यालयको अभिभावक दिवस सम्पन्न

हिमाल प्रेस १९ पुष २०८० १२:३८
204
SHARES
वेस्ट विङ विद्यालयको अभिभावक दिवस सम्पन्न

ललितपुर– ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका-८ स्थित वेस्ट विङ माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमसहित विद्यालयको २३ औंँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा जुनियर तहको पीजीदेखि कक्षा ३ सम्म तथा सिनियर तहको कक्षा ४ देखि १२ सम्मका लागि छुट्टाछुट्टै सत्र सञ्चालन गरिएका थिए। कार्यक्रममा विद्यार्थीलाई विभिन्न विधामा पुरस्कार वितरण गर्नुका साथै उत्कृष्ट शिक्षकहरूलाई पनि पुरस्कृत गरिएको थियो। कार्यक्रममा अभिभावकको उल्लेख्य उपस्थितिमाझ विद्यार्थीले रचनात्मक नृत्य, गीत, प्रहसन, कविता र नाटकमार्फत आआफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रामेश्वर श्रेष्ठले विद्यालयको चुस्त व्यवस्थापनका कारण शैक्षिक गतिविधिमा अब्बल रहँदै आएकोमा खुसी व्यक्त गरे। उनले विद्यार्थीलाई सधैँ सिर्जनात्मक, नवीनतम् र आलोचनात्मक सोचका साथ आफ्नो अध्ययनमा लाग्न सके सफलता मिल्ने सुझाएका थिए।

यसका साथै उनले विद्यार्थीलाई समय व्यवस्थापन, सक्रिय सिकाइ, स्वस्थ बानीको विकास, प्रभावकारी टिपोट लेखन, निरन्तर अध्ययन, प्रविधिको प्रयोग, लक्ष्य निर्धारण र तिनीहरुको समीक्षा गर्ने बानी बसाल्दै अगाडि बढ्न सुझाव दिए।

कार्यक्रममा ललितपुर शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख उपसचिव निमप्रकाशसिंह राठौर तथा महालक्ष्मी नगरपालिका वडा नं ८ का अध्यक्ष विश्वराज श्रेष्ठको पनि उपस्थिति थियो।

२०५७ सालमा स्थापित विद्यालयले प्ले ग्रुपदेखि कक्षा १२ सम्मका कक्षाहरू सञ्चालन गर्दै आएको छ। हाल विद्यालयमा १ हजार ६० विद्यार्थी अध्ययरत रहनुका साथै ७० जना शिक्षक-कर्मचारी कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक बाबुराज महर्जनले बताए।

प्रकाशित: १९ पुष २०८० १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =