राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व हुन सकेन : महामन्त्री थापा

हिमाल प्रेस १८ पुष २०८० १६:४०
14
SHARES
राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व हुन सकेन : महामन्त्री थापा फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व हुन नसकेको बताएका छन्।

काठमाडौँमा बुधबार पूर्वकर्मचारी समाज नेपालको स्मारिका विमोचन कार्यक्रममा थापाले राष्ट्रियसभामा विषयविज्ञको प्रतिनिधित्व हुनुपर्ने परिकल्पना संविधानले गरेपनि त्यसो हुन नसकेको बताएका हुन्।

उनले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनौट गर्ने विषयमा पार्टीहरूले सिफारिस गर्ने व्यक्तिका बारेमा संविधानअनुरुपको बहस नै नहुने अवस्था रहेको पनि बताए।

‘हाम्रो संविधानले विभिन्न क्षेत्रमा, पेसामा रहेर अनुभव हासिल गरेका मानिसहरू राष्ट्रियसभाभित्र पुगोस् भन्ने परिकल्पना गरेको छ। त्यो अहिले बहसमा पनि नआउने अवस्था बनेको छ। दलहरूको निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदा ती कुरा आफैँ हराउँदै गएको छ,’ महामन्त्री थापाले भने।

त्यस्तै थापाले संवैधानिक हिसावले निरन्तर निर्वाचन भइरहेको बेला मुलुक अप्ठेरो अवस्था रहेको नदेखिएको बताए।

प्रकाशित: १८ पुष २०८० १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =