प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई

हिमाल प्रेस १८ पुष २०८० १४:३५
70
SHARES
प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौँ- प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ। एपीएफ क्लबले कोशी प्रदेशलाई फाइनल खेलमा ११ रनले पराजित गर्दै उपाधि जितेको हो। विजेता एपीएफ क्लबले पाँच लाख तथा उपविजेता कोशीले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै एपीएफ क्लबले कोशी प्रदेशसामु जितका लागि ११५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। कोशीले २० ओभर खेल्दै चार विकेटको क्षतिमा १०३ रन मात्र बनाउन सक्यो।

यसअघि ब्याटिङ गर्ने क्रममा एपीएफ क्लबले सात विकेटको क्षतिमा ११४ रन बनाएको थियो। एपीएफका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन्।

उनले ४७ बल खेल्दै ५३ रनको योगदान दिइन्। सो क्रममा बर्माले छ चौका र एक छक्का प्रहार गरिन्। यस्तै ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाइन्। बलिङतर्फ कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक गरिन्। उनले २०औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिइन्।

पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थापा तथा तेस्रो बलमा सोनु खड्काको विकेट लिइन्। यस्तै एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक/एक विकेट लिइन्।

यस्तै कोशी प्रदेशका लागि ब्याटिङ गर्ने क्रममा कप्तान रुबिना क्षेत्रीले अर्धशकतीय पारी खेलिन्। उनले ६२ रन बनाइन्। क्षेत्रीले ५८ बल खेल्दै एक छक्का र सात चौका प्रहार गरिन्। यस्तै काजल श्रेष्ठले २९ बलमा २२ रन बनाइन्। बलिङतर्फ एपीएफ क्लबका लागि करुणा भण्डारी र कप्तान सीता रानामगरले एक एक विकेट लिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =