बालकुमारी घटना : मन्त्री ज्वालाको भूमिकाबारे छानबिन गर्न समितिको निर्देशन

हिमाल प्रेस १६ पुष २०८० १४:०४
18
SHARES
बालकुमारी घटना : मन्त्री ज्वालाको भूमिकाबारे छानबिन गर्न समितिको निर्देशन

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिले बालकुमारी घटनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिका बारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।​

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले श्रम मन्त्री शरतसिंह भण्डारी र यातायात मन्त्री प्रकाश ज्वालाको भुमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो।

बैठकका निर्णय सुनाउँदै समिति सभापति रामहरि खतिवडाले पुस १३ गते शुक्रवार इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा २ जना नेपाली नागरिकको मृत्यु भएको घटनामा मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताए।

समितिले दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।

त्यस्तै बैठकले घटना सम्बन्धित साना कर्मचारीहरू मात्र निलम्बनमा पर्ने र अरू उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरूको मनोबल नगिर्ने गरी समस्याको समाधान गर्न न्यायोचित समाधान गर्न प्रधानमन्त्री र मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।

उक्त घटना हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार यातायात मन्त्रीको भुमिकाको बारेमा शुद्ध छानबिन गर्न निर्देशन दिने र यस प्रकारका घटना अब आइन्दा नहोस् भनि सबै पक्ष सजग रहन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ।

प्रकाशित: १६ पुष २०८० १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =