नुन बढी खाए आउँछन् यस्ता समस्या

हिमाल प्रेस १६ पुष २०८० ८:२३
32
SHARES
नुन बढी खाए आउँछन् यस्ता समस्या नुन।

तपाईं दैनिक कति नुन खानु हुन्छ? अधिकांश नेपालीले भान्छामा स्वादका लागि नुन प्रयोग गर्छन्। कतिपय मानिस नुन कम भएको तरकारी खानै सक्दैनन्। भागमा थपेर भएपनि नुन खान्छन्। तर नुन भन्ने चिज ठिक्क खानु पर्छ।

के तपाईँलाई थाहा छ? विश्वभर धेरैजसो मानिस आवश्यकता भन्दा धेरै नुन खाइरहेका छन्। यसको असर उनीहरुको स्वास्थ्यमा पनि परिरहेको छ।

धेरै नुन खानु प्राणघातक हुन सक्छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अधिकांश मानिसहरु दैनिक रूपमा खानु पर्नेभन्दा दोब्बर धेरै नुन खाइरहेका छन्। यो निकै खतरनाक साबित हुन सक्ने डब्ल्यूएचओको भनाइ छ। तर धेरैजसो मानिसलाई आफूले खानु पर्नेभन्दा धेरै नुन खाइरहेको छु भन्ने नै थाहा छैन।

डब्ल्यूएचओको रिपोर्टका अनुसार वयस्कले दिनमा १० दशमलव ७८ ग्राम नुन खाइरहेका छन्। यो भनेको दुई चम्चा बराबर हो। यसमा ४ हजार ३१० मिलिग्राम सोडियम हुन्छ। दैनिक आवश्यकताको करिब दुई गुणा धेरै हो।

यो मात्रामा नुन खानु स्वास्थ्यको लागि निकै खतरनाक हुन्छ। धेरै मात्रामा नुन खाँदा मानिसहरुमा प्राणघातक रोगको खतरा बढ्छ।

डब्ल्यूएचओका अनुसार सबै वयस्कले दिनभरमा २ हजार मिलिग्राम सोडियम सेवन गर्नु पर्छ। एक चम्चा (५ ग्राम) नुनमा यति सोडियम पाइन्छ। अर्थात् तपाई वयस्क हुनुहुन्छ भने दिनभरमा तपाईँले एक चम्चाभन्दा धेरै नुन खानु हुन्न।

नुन बढी खाए के हुन्छ?

नुन धेरै खाँदा तपाईँलाई उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, ग्यास्ट्रिक क्यान्सर, मोटोपना, किड्नीसम्बन्धी रोग, अस्टियोपोरोसिस जस्ता कयौँ गम्भीर रोग लाग्न सक्छ, यी रोगको खतरा बढ्न सक्छ।

एजेन्सी

प्रकाशित: १६ पुष २०८० ८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =