नेपालगन्जबाट ३ सय क्विन्टल नुन जुम्ला पठाइयो

हिमाल प्रेस ३ साउन २०८० १३:०४
4
SHARES
नेपालगन्जबाट ३ सय क्विन्टल नुन जुम्ला पठाइयो पहाडी जिल्लामा पठाउन नेपालगञ्जस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालयमा नुन प्याकिङ गरिँदै। तस्बिर– रासस

नेपालगञ्‍ज– साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जमा गत आर्थिक वर्षको ०७९/८० असार मसान्तसम्म २ हजार ७ सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ।

कर्णाली प्रदेश, पूर्वीरुकुम, पश्चिम रुकुम र रोल्पामा असार मसान्तसम्म ६ हजार ३ सय ७८ क्विन्टल नुन मौज्दात रहेको प्रदेश कार्यालय प्रमुख महेश चौधरीले जानकारी दिए।

प्रदेश कार्यालय नेपालगन्जमा भारतको गुजरातस्थित खाडाघोडाबाट १ र्‍याकमा २६ हजार क्विन्टलका दरले वर्षमा ९ र्‍याक नुन आयात हुने गर्दछ।

दुर्गम क्षेत्रमा सरकारको ढुवानी अनुदानअन्तर्गत प्रत्येक १ वर्ष ३६ देखि ३८ हजार क्विन्टल नुन ढुवानी गरिने उनले जानकारी दिए।

जुम्लामा नुनको कमी हुन नदिन सोमबार मात्रै ३ सय २० क्विन्टल नुन ढुवानी गरिएको उनले बताए।

प्रत्येक नयाँ आर्थिक वर्षका साउनदेखि नयाँ टेन्डरका लागि आह्वान गरिने भएकाले उक्त नयाँ टेन्डरका लागि सम्पूर्ण कागजात काठमाडौँ पठाई सकिएको उनले उल्लेख गरे।

प्रकाशित: ३ साउन २०८० १३:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eight =