बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

हिमाल प्रेस १५ पुष २०८० १३:५७
10
SHARES
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसले बालकुमारीमा प्रहरीको आक्रमणबाट दुई युवाको ज्यान गएको घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ। पार्टी केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यस्तो जानकारी दिएका हुन्।

शुक्रबार ललितपुरस्थित बालकुमारीमा इपीएस शाखाबाट कोरिया भाषा परीक्षा बन्चित गर्ने निर्णयविरुद्ध युवाहरू आन्दोलनमा उत्रिएका थिए। उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी पनि जलाएका थिए। त्यसपछि प्रहरीले उनीहरूमाथि आक्रमण गरेको थियो। आक्रमणको क्रममा दुई युवाको ज्यान गएको थियो।

घटनाको छानबिन गर्न गृहमन्त्रालयले डीआईजीको संयोजकत्वमा छानबिन समिति गठन भए पनि कांग्रेसले न्यायिक आयोग गठनको माग गरेको हो। उक्त प्रदर्शनका क्रममा दैलेखको महाबु गाउँपालिका-६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका–१ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।

सरकारले ज्यान गुमाएका रावत र शाहका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ। कांग्रेसले मृतकका परिवारका कम्तिका एक सदस्यलाई रोजगारको व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ।

त्यस्तै उक्त बैठकले ‍भ्रातृ संस्थाको तदर्थ समितिको म्याद फेरि ६ महिना थपेको छ। बैठकले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लगायतको म्याद ६ महिना थपेको हो।

यस्ता छन् कांग्रेस बैठकका अन्य निर्णय 

bharati

 

प्रकाशित: १५ पुष २०८० १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =