बालकुमारी गोली प्रहारप्रति युवा संघको ध्यानाकर्षण

हिमाल प्रेस १४ पुष २०८० ६:५३
10
SHARES
बालकुमारी गोली प्रहारप्रति युवा संघको ध्यानाकर्षण

काठमाडौँ- सत्तारुढ घटक नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले बालकुमारीमा गोली लागि मृत्यु भएको विषयलाई लिएर सरकारलाई ध्यानाकर्षण गराएका छन्।

संघका संयोजक कृष्ण विकले सामाजिक संजाल फेसबुक मार्फत उक्त घटनाको निन्दा गर्दै देशमा रोजगारी छैन, राज्य संचालकहरु देशलाई प्रयोगशाला बनाइ रहेको आरोप लगाएका छन्।

नेता बिकले आर्थिक अवस्था भयावह रहेकाले ‘यो संकटको निकाश कसैसंग देखिदैन, यो सवै देखेर पुरापुर निराश वनेर एउटा मात्र वाटो देखेको गरिवको छोरा माथी गोली हानेर के वहादुरी प्रदर्शन गरेको सरकार? भनी प्रश्न गर्दै यस्को राम्रै मूल्य पर्नेछ यो सरकारलाई’युवाहरूलाई ‘ रोजगारी दे, गोली चलाउने हैन’ भनी चेतावनी दिएका छन् ।

प्रकाशित: १४ पुष २०८० ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =