बालकुमारी घटनामा सरकारी दमनप्रति एमालेको भर्त्सना

हिमाल प्रेस १३ पुष २०८० २०:३५
10
SHARES
बालकुमारी घटनामा सरकारी दमनप्रति एमालेको भर्त्सना

काठमाडौँ- नेकपा एमालेले आज ललितपुरको बालकुमारीमा ईपीएस परीक्षाको विषयलाई लिएर भएको आन्दोलनमा प्रहरीको दमनमा परी दुई जना युवाको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै प्रहरी दमनको भर्त्सना गरेको छ।

एमाले प्रचार तथा प्रकाश विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै घटनाको घाइतेहरूको उपचारको माग गरेका छन्। साथै पक्राउ परेकाहरूलाई रिहा गर्नं माग गर्दै आन्दोलनकारीका माग पूरा गर्नसमेत माग गरेका छन्।

यसअघि भएको पानी जहाज निर्माणको ईपीएस भाषा परीक्षामा सहभागी भएकाहरूले अहिले उत्पादन क्षेत्रका लागि खुलेको परीक्षामा भाग लिन नपाउने भएपछि उनीहरू आन्दोलनमा उत्रिएका थिए। सोही क्रममा आज आन्दोलनकारीले मन्त्री प्रकाश ज्वाला सवार गाडी जलाएका थिए। त्यसपछि प्रहरीले व्यापाक दमन गरेको थियो। जसमा दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाह मारिएका थिए।

प्रकाशित: १३ पुष २०८० २०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =