पर्सामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

हिमाल प्रेस ९ पुष २०८० १९:३३
16
SHARES
पर्सामा बाघको आक्रमणबाट एक जनाको मृत्यु फाइल तस्बिर।

वीरगञ्ज- बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु भएको छ। बाघको आक्रमणमा परी पटेर्वा सुगौली गाउँपालिका-२, थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको मृत्यु भएको हो।

घर नजिकै जंगलमा शौच गर्न गएका धाँगड आज (सोमबार) बेपत्ता भएका थिए। उनको खोजतलास गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीले जानकारी दिए। ‘धाँगडको टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको छ,’ उनले भने।

धाँगडको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ। -रासस

प्रकाशित: ९ पुष २०८० १९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + three =