चुनाव लड्न उम्मेदवारको योग्यता स्‍नातक उत्तीर्ण र उमेर ६५ ननाघेको राख्न सुझाव

हिमाल प्रेस ९ पुष २०८० १८:०३
240
SHARES
चुनाव लड्न उम्मेदवारको योग्यता स्‍नातक उत्तीर्ण र उमेर ६५ ननाघेको राख्न सुझाव

काठमाडौँ- प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवार बन्ने उम्मेदवारको शैक्षिक योग्यता र उमेर तोक्न निर्वाचन आयोगलाई सुझाव प्राप्त भएको छ। आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको १७औं वार्षिक प्रतिवेदनमा उम्मेदवारको शैक्षिक योग्यता र उमेर तोक्न सुझाव आएको उल्लेख गरेको छ। आयोगले पुस ६ गते राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएको थियो।

निर्वाचनको समयमा भएका विभिन्न छलफलमा आएको सुझावलाई आयोगले प्रतिवेदनमा देखिएको समस्या र सुधारका लागि सुझाव भनेर उल्लेख गरेको छ। ‘राजनीतिक दल तथा उम्मेदवारबीच सद्भावको अभाव देखिएको’ आयोगको प्रतिवेदनमा देखिएको समस्या भनेर उल्लेख गरिएको छ।

यसलाई सुधारका लागि के गर्ने भन्ने सुझाव पनि प्रतिवेदनमा छ। जसमा भनिएको छ, ‘असल राजनीतिक संस्कारको विकास हुनुपर्ने, मनोनयन दर्ता प्रक्रिया अनलाइन प्रणालीबाट हुनुपर्ने, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदमा उम्मेदवार दर्ता गर्दा उम्मेदवारले कम्तिमा स्नातक तह उत्तीर्ण र उम्मेदवारी दर्ता गर्दा उमेरको हद ६५ वर्ष ननाघेको कानुनमा स्पष्ट व्यवस्था गर्नुपर्ने।’

प्रकाशित: ९ पुष २०८० १८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =