मिस हङकङ नेपाल २०२३ को उपाधि अञ्जना पुनलाई

हिमाल प्रेस ९ पुष २०८० १७:४४
248
SHARES
मिस हङकङ नेपाल २०२३ को उपाधि अञ्जना पुनलाई

काठमाडौँ– मिस हङकङ नेपाल २०२३ को उपाधि अञ्जना पुनले जितेकी छन्। हङकङमा आइतबार आयोजित ग्रान्ड फिनालेमा उनले ताज पहिरिएकी हुन्। उनलाई मिस नेपाल इन्टरनेसनल २०१२ की प्रियन्का रानी जोशीले ताज पहिराइदिएकी थिइन्।

फिनालेमा सीमा गुरुङ पहिलो रनरअप भइन् भने सेरेना राईले दोस्रो रनरअप आफ्नो पोल्टामा पारिन्। जोशी विशेष अतिथिका रूपमा हङकङ पुगेकी थिइन। उनको साथै मल्भिका सुब्बा, मिस नेपाल २००२ एवं टेलिभिजन कार्यक्रम प्रस्तोताले मिस नेपाल हङकङको कोरियोग्राफरका रूपमा काम गरिन्।

उक्त फिनाले कार्यक्रमको होस्ट भने सुवेक्षा खड्काले गरेकी थिइन्। कार्यक्रममा निर्णायक समूहमा पहिलो मिस नेपालकी सहभागी एवं हङकङकी व्यवसायी रोशनी खरेल पनि थिइन्। उनीसहित नौ जनाको निर्णायक मण्डलले अञ्जनालाई मिस हङकङ चयन गरेको हो।

मिस नेपाल हङकङ सोसाइटीले आयोजना गरेको उक्त मिस नेपाल हङकङको अन्य निर्णायकमा हिडन ट्रेजरका प्रशासनिक निर्देशक प्रमोद कंसाकार मुख्य निार्णायक थिए। उनको साथमा मिस नेपाल हङकङ सोसाइटीका सञ्जीव कुँवर, निर्देशक युगल पोमो, मिस हङकङको क्राउन पार्टनर काजल नैना ज्वेलरीबाट काजल नैना शेरचन, मिस नेपाल हिडन ट्रेजरकी कोरियो ग्राफर रचना गुरुङ शर्मा, नेपाल एअरलाइन्स हङकङका व्यवस्थापक सुनिलकुमार श्रेष्ठ, नेपाली महासंघ हङकङकी अध्यक्ष रीता गुरुङ र अधिवक्ता गौरवबम ठकुरी रहेको मिस नेपाल हङकङ सोसाइटीका सचिव मनीष लिम्बूले बताए।

‘२०१८ पछि अहिले भएको यो प्रतिस्पर्धामा हामीले केही ढाँचा परिवर्तन गरेका छौँ’, उनले भने, ‘यहाँबाट छानिएर नेपालमा प्रतिशपर्दा गर्न जाँदै गर्दा हङकङको साख राख्ने विशवास पनि हामीले लिएका छौँ।’ मिस हङकङले सीधै मिस नेपालमा सहभागिता गर्न पाउनेछिन्।

अञ्जन हङकङमा पढाउँछिन्। उनी त्यहाँ राम्रो अध्ययन गरेकी अब्बल र तेजावी छात्रामा पर्छिन्। भव्य फिनाले समारोहमा अन्य मनोरञ्जनात्मक कार्यक्रमसमेत प्रस्तुत भएको थियो।

समारोहमा नेपाली फेसन, फिल्म र संगीत क्षेत्रका सेलिबटिी, व्यवसायीको बाक्लो उपस्थिति थियो। मिस नेपालको आयोजना द हिडन ट्रेजरले बर्सेनि गर्छ। मिस नेपालले विश्व सुन्दरी प्रतियोगितामा सहभागिता जानाउने गर्छन्। प्रवासमा रहेको नेपाली पनि सुन्दरी प्रतियोगितामा सहभागी हुन पाऊन् भनेर हिडन ट्रेजरले मिस नेपाल नर्थ अमेरिका, अस्टेलिया ओसियाना, हङकङ र युरोपसँग पनि सहकार्य गर्ने बताएको थियो।

 

प्रकाशित: ९ पुष २०८० १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =