जसपा कार्यकारिणी समितिको बैठक पुस १० गते

हिमाल प्रेस ९ पुष २०८० ७:३९
8
SHARES
जसपा कार्यकारिणी समितिको बैठक पुस १० गते

काठमाडौँ- राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठक पार्टी कार्यालय बालकुमारीमा पुस १० गते बस्नेछ।

राष्ट्रियसभामा जसपाले ४ सिट पाउनुपर्ने बताएको छ। तर, गठबन्धन दलहरूबीच भागबन्डा अझै टुंगिएको छैन।

१९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले सिट बाँडफाँड गर्नेछन्।

राष्ट्रियसभामा एमालेका ९ सांसद, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका ३ (स्वतन्त्र सांसद खिमलाल देवकोटासहित) र जसपाका एक जना सांसदको पदावधि सकिँदैछ।

प्रकाशित: ९ पुष २०८० ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =