संविधानले दिएको भूमिका निष्ठापूर्वक निर्वाह गर्ने राष्ट्रपतिको प्रतिबद्धता

हिमाल प्रेस ७ पुष २०८० २१:२१
2
SHARE
संविधानले दिएको भूमिका निष्ठापूर्वक निर्वाह गर्ने राष्ट्रपतिको प्रतिबद्धता राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार विराटनगरमा अभिनन्दन गर्दै नेपाल उद्योग परिसंघका पदाधिकाहरू। तस्बिर : रासस

इटहरी- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै आँच आउन नदिनुका साथै आफूलाई तागत रहुञ्जेल संविधानले दिएको भूमिका निष्ठापूर्वक निर्वाह गर्ने बताएका छन्। नेपाल उद्योग परीसंघ कोशीले शनिबार विराटनगरमा आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान तथा राष्ट्रपति पौडेललाई अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै उनले संविधानको रक्षा र सफल कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने बताएका हुन्।

‘कोशी प्रदेश उद्यनेग व्यवसायको धरोहर भएकोले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माणमा उद्योगी व्यवसायीको भूमिका अपरिहार्य रहेको छ,’ पौडेलले भने, ‘देशको उत्पादन निर्यात र आयात प्रतिस्थापन गर्न सकेका छैनौँ। यस्तो अवस्थामा विदेशी मुद्राको सञ्चि मजबुत हुनु आवश्यक छ।’

मुलुकमा सम्मान जनक रोजगारी नहुँदा र यहाँँका युवा शक्ति विदेश पलायन भइरहेको प्रति राष्ट्रपति पौडेलले चिन्ता व्यक्त गरेका छन्। ‘वन, खनिज र कृषिमा आधारित उद्योग स्थापना गरी रोजगारी सिर्जना गरौँ। यसको नेतृत्व उद्योगी व्यवसायीले नै लिनुपर्छ’, उनले भने, ‘निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा हामी सबै देशवासी जुटौंँ।’

मुलुकमा उद्योग, व्यवसाय मैत्री नीति आवश्यक रहेको उनको भनाइ थियो। ‘सूचना प्रवधि नीतिलाई सहज गरिदिने हो भने व्यापारघाटामा महत्त्वपूर्ण योगदान हुन्छ’, उनले भने, ‘जलवायु परिवर्तनले नित्याइरहेको जटिल परिस्थितिप्रति हामीले सचेत भएर महत्त्वपूर्ण रूपमा काम गर्नुपर्छ।’

राष्ट्रपति पौडेलले कोशी प्रदेशमा रहेका हलेसी, बराहक्षेत्र, पाथीभारालगायतका धार्मिक तथा आकर्षक पर्यटकीय क्षेत्रको विकास गरेर अर्थतन्त्रमा योगदान पुर्याउन आवश्यक रहेको बताए। स्वतन्त्रता सेनानीलाई गरेको सम्मान लोकतन्त्रको सम्मान भएको उनको भनाइ थियो। विराटनगरका उद्योगी, व्यवसायीलगायतले राष्ट्रपति पौडेललाई अभिनन्दन गरेका हुन्।

कार्यक्रममा राष्ट्रपति पौडेलले २१ जना स्वतन्त्रता सेनानी, सबभन्दा बढी निर्यात गर्ने उद्योगी र विराटनगरका पत्रकारद्वय अनन्त न्यौपाने र शंकर खरेललाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरी सम्मान गरेका थिए।

प्रकाशित: ७ पुष २०८० २१:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 7 =