आठ कारोबार दिनपछि घट्यो नेप्से परिसूचक

हिमाल प्रेस ५ पुष २०८० १५:३८ | Thursday, December 21, 2023
आठ कारोबार दिनपछि घट्यो नेप्से परिसूचक

काठमाडौँ– बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३२.७७ अंकले घटेको छ। यसअघि मंसिर २५ गते परिसूचक १५ अंकले घटेको थियो। यो बीचको ७ कारोबार दिनमा नेप्से भारी अंकले बढ्दै आएको थियो।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेपछिको पहिलो कारोबार दिनमा नेप्से १११ अंकले बढेको थियो। समीक्षा आएपछिको दुई हप्तामा नेप्से २७५ अंकले माथि उक्लिएको छ।

साताको अन्तिम कारोबार दिन आज २१४८ बिन्दुबाट कारोबार सुरु भएको थियो। परिसूचक २१०९ बिन्दुमा पुगेर आजको कारोबार बन्द भएको छ। नेप्से परिसूचक घटे पनि कारोबार रकम ६ अर्ब २७ करोड पुगेको छ।

आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। बिहीबार कुल ५० कम्पनीको मूल्य बढेको छ। १९१ कम्पनीको मूल्य भने घटेको छ। आज उत्पादन उपसमूहको सूचक २.३६ प्रतिशत र व्यापार उपसमूहको सूचक ०.५६ प्रतिशतले बढेको छ। बाँकी सबै उपसमूहको सूचक घटेको छ।

प्रकाशित: ५ पुष २०८० १५:३८ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast