बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

हिमाल प्रेस १ पुष २०८० १९:४४
10
SHARES
बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ- बाजुरामा आइतबार ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बडिमालिका नगरपालिका-२, खडीगाडमा दुईवटा ट्रयाक्टर एकापसमा ठोक्किँदा दुर्घटना भएको बाजुरा प्रहरीले जनाएको छ।

दुर्घटनामा बडीमालिका नगरपालिका-२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका-१ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका-६ बस्ने ३० वर्षीय ट्रयाक्टर चालक हिक्मत रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिए।

बाजुरा प्रहरीका अनुसार एक ट्रयाक्टरले अर्को ट्रयाक्टरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो। सु प्र प ०१०० २ त ४१०५ नम्बरको ट्रयाक्टर खोलामा खसेको छ भने लु ३ त ७३०५ नम्बरको ट्रयाक्टर  भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ।

लु ४ त ७३०५ ट्रयाक्टर दुर्घटना भए पनि त्यसमा सवार मानवीय क्षति नभएको र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्रयाक्टर चालकसहित चार जनाको मृत्यु भएको डीएसपी बोहराले जानकारी दिए।

घटनास्थलमा प्रहरी निरीक्षक किशोरसिं ऐरी नेतृत्वको टोली खटिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको सनखात गरेर जिल्ला अस्पताल बाजुरामा ल्याउन लागिएको प्रहरीले बताएको छ। दुईवटै ट्रयाक्टरमा चार/चार जना सवार रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १ पुष २०८० १९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =