कमेडी फिल्म ‘खजुरे ब्रो’ बन्दै

हिमाल प्रेस १ पुष २०८० ११:२२
24
SHARES
कमेडी फिल्म ‘खजुरे ब्रो’ बन्दै

काठमाडौँ– सुरज सुनुवारको निर्देशनमा फिल्म ‘खजुरे ब्रो’ बन्ने भएको छ। निर्माण टिमले पाटनस्थित बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको औपचारिक घोषणा गरेकाे हाे।

हास्य विधा केन्द्रित भएर बन्ने फिल्मको निर्देशन सुनुवार स्वयंले गर्नेछन्। सुनुवारले यसअघि ‘षडङ्ग’ निर्देशन गरेका थिए। चलचित्र ‘खजुरे ब्रो’उनको कमब्याक चलचित्र हुनेछ।

नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने चलचित्रका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन्।

शिशिर बिसंखेले  फिल्म छायांकन गर्नेछन्। माघ पहिलो साताबाट फ्लोरमा जाने भनिएको फिल्म इटहरी, धरान, दार्जलिङ र काठमाडौँमा हुनेछ।

फिल्ममा कलाकार छनोटको कार्य भइरहेको निर्माण टिमले जनाएको छ। फिल्म दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको हो।

प्रकाशित: १ पुष २०८० ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 15 =