रातोढुङ्गा सवस्टेशनको परीक्षण सुरू

हिमाल प्रेस २९ मंसिर २०८० १२:४१
6
SHARES
रातोढुङ्गा सवस्टेशनको परीक्षण सुरू फाइल तस्बिर

काठमाडौँ– म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहमा विद्युत् आपूर्ति गर्ने प्रसारण लाइन र सवस्टेशन निर्माण भएको छ। पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३/११ केभी क्षमताको सवस्टेशन निर्माण भएको हो। जसको बिहीबारदेखि परीक्षण सुरु भएको छ।

परीक्षणको क्रममा कुनै समस्या नआए डिसेम्बरको अन्तिमसम्म प्रसारण लाइन र सवस्टेशन सञ्चालन हुने जनाइएको छ। विद्युत् प्राधिकरणमार्फत निर्माण कम्पनीले सन् २०१६ मा ठेक्का लिएको सवस्टेशन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य लिइएको थियो।

५ वर्षअघि नै सम्पन्न हुनुपर्ने भए पनि निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको थियो।

हाल मिलनचोक सवस्टेशनबाट चारवटा फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ। २० किलोमिटर दूरीसम्म एउटा सवस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन भएको समस्या हट्ने अपेक्षा छ।

प्रकाशित: २९ मंसिर २०८० १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 13 =