चिसो बढ्छ,तत्काल पानी पर्दैन : मौसम पूर्वानुमान महाशाखा

हिमाल प्रेस २८ मंसिर २०८० १०:१४
8
SHARES
चिसो बढ्छ,तत्काल पानी पर्दैन : मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

बिहान बेलुका मौसम धुम्म भइरहे पनि तत्काललाई वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बांकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।

शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भ-भागमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको केही स्थानमा हलुका हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको केही स्थानमा हलुका हिमपातको सम्भावना छ।

देशभरी चिसो भने बढ्दै गएको छ। चिसोबाट हुनसक्ने असरबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।

प्रकाशित: २८ मंसिर २०८० १०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eight =