कांग्रेसलाई कमजोर बनाएर उपलब्धिलाई समाप्त पार्न खोजिँदै छ,यो सम्भव छैन : पाण्डे

हिमाल प्रेस २७ मंसिर २०८० ९:२३ | Wednesday, December 13, 2023
कांग्रेसलाई कमजोर बनाएर उपलब्धिलाई समाप्त पार्न खोजिँदै छ,यो सम्भव छैन : पाण्डे मुख्यमन्त्री सुरेन्द्र पाण्डे

लमजुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले कांग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन्।

बेँसीसहर नगरपालिका-८ मा मंगलबार आयोजित नेपाली कांग्रेस प्रदेशसभा (क) र कांग्रेस लमजुङको संयुक्त जिल्ला सम्मेलनमा मुख्यमन्त्री पाण्डेले कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको बताएका हुन्। उनले भने,‘कांग्रेसलाई कमजोर बनाएर प्राप्त उपलब्धिलाई समाप्त पार्न खोज्दै छन्,यो सम्भव छैन।’

पार्टीको विधानले दिएको काम, कर्तव्य र अधिकारलाई सामूहिकरूपमा निर्वाह गर्न सकेमात्र कांग्रेस बलियो हुने र एकल बहुमत ल्याउन सकिने उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले गण्डकी प्रदेशभित्र बस्तीको समस्या रहेको बताइन्।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, डा.टकराज गुरुङ, टीका बस्याल, पार्वती तामाङ, संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, कांग्रेसका पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्तीलगायत सहभागी थिए।

प्रकाशित: २७ मंसिर २०८० ९:२३ | Wednesday, December 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast