पार्टीलाई गतिशील र सशक्त बनाउन प्रभावकारी भूमिका खेल्छु : पाण्डे

हिमाल प्रेस २१ असोज २०८३ १६:०२ | Wednesday, October 7, 2026
पार्टीलाई गतिशील र सशक्त बनाउन प्रभावकारी भूमिका खेल्छु : पाण्डे

काठमाडौँ- नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले पार्टीलाई अझ गतिशील र सशक्त बनाउन आफूले प्रभावकारी भूमिका खेल्ने बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पार्टीको उपसभापति पदमा उम्मेदवार दिएका नेता पाण्डेले नयाँको जोस-जाँगर र पुराना नेताहरुको अनुभवलाई मिलाएर कांग्रेसलाई अझ गतिशील, सशक्त बनाउन आफू प्रतिवद्ध रहेको बताएका हुन्।

उनले पार्टीलाइ बलियो बनाउने गगनकुमार थापाको अभियानलाई साथ दिन चाहेको स्पष्ट पारे।

गण्डकी प्रदेशको मुख्यमन्त्री भएपछि यातायात व्यवसायीहरूसँगको सहकार्य, प्रविधिको प्रयोग र यातायात क्षेत्रलाई अझ मर्यादित एवम् परिष्कृत बनाउन आफूले काम गरेको उनले बताए।

प्रकाशित: २१ असोज २०८३ १६:०२ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast