देश विकास गर्न एमालेको एकल बहुमतको सरकार चाहिन्छ : केपी ओली

हिमाल प्रेस २५ मंसिर २०८० १४:०९
8
SHARES
देश विकास गर्न एमालेको एकल बहुमतको सरकार चाहिन्छ : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको विकास र रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताएका छन्। झुलाघाट–चिवाभञ्ज्याङ यात्राअन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशको रक्षा गर्न सक्ने बताएका हुन्। दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको एक बहुमतको सरकार आवश्यक रहेको उनको भनाइ छ।

अध्यक्ष ओलीले आन्तरिक र बाह्य शक्ति मिलेर एमाले पार्टी फुटाउने प्रयास भएको र कमजोर बनाउने षडयन्त्र भए पनि लोकप्रिय पार्टी बन्न सफल भएको धारण राखे।

उनले एमाले सरकारले गरेका कामबाट तर्सेर विभिन्न शक्ति मिलेर एमालेलाई सरकारबाट हटाइएको जिकिर गरे। एमाले सरकारमा भएका बेला गरेका कामले देशमा अरु कुनै बैकल्पीक शक्ति नरहेको स्पष्ट भएको उनले बताए।

प्रकाशित: २५ मंसिर २०८० १४:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =