बेलायत जान ४५ जना नर्स छानिए

हिमाल प्रेस २२ मंसिर २०८० १७:१७
8
SHARES
बेलायत जान ४५ जना नर्स छानिए

काठमाडौँ- बेलायतको स्वास्थ्य क्षेत्रमा काम गर्ने गरी ४५ जना नर्सहरू पास भएका छन्। मंसिर १८ देखि २१ गतेसम्म भएको अन्तर्वार्ताबाट ४५ जना पास भएका हुन्। अन्तर्वार्ताका लागि ७१ जना नर्सहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो। वैदेशिक रोजगार विभागका अनुसार अन्तर्वार्तामा ६० जनाको सहभागिता रहेको थियो।

उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो। त्यसका लागि बेलायतस्थित ह्याम्पशायर हस्पिटल एनएचएस फाउण्डेशन ट्रष्टका नर्सहरूले आमने सामने अन्तर्वार्ता दिएका थिए। त्यहिबाट ४५ जना सफल घोषणा गरिएको विभागले जनाएको छ। एचएचएफटी यूके डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोस केयर (डीएचएससी) द्वारा छनोट गरिएको संस्था हो।

सफल नर्सहरूलाई छिट्टै उनीहरूको छनोटको बारेमा सूचित गरिने विभागले जनाएको छ। अर्को चरणहरूमा उनीहरूलाई मार्गदर्शन, यूकेमा काममा जानुअघि विभिन्न जानकारी गराइनेछ। सन् २०२४ को पहिलो त्रैमासिकदेखि नर्सहरू बेलायत पठाइनेछ।

नेपाल र बेलायत सरकारबीच सन् २०२२ को अगस्टमा एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो। त्यसमा नेपालबाट नर्सहरूलाई बेलायतमा रोजगारीको अवसर दिने समझदारी भएको थियो। सोही आधारमा पाइलट प्रोजेक्टको रूपमा पहिलो चरणमा १०० जना नर्सका लागि आवेदन माग गरिएको थियो। जसमा ८२ जनाले आवेदन दिएका थिए।

प्रकाशित: २२ मंसिर २०८० १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =