चितवनमा मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

हिमाल प्रेस २२ मंसिर २०८० ७:०६
2
SHARE
चितवनमा मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

चितवन- मिटरब्याजीले लिएको सात कठ्ठा १३.५ धुर जग्गा पीडितलाई फिर्ता गरिएको छ। भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर–२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन्।

जिल्ला प्रशासन कार्यालयमा अनुचित लेदनेद (मिटरब्याजी)विरुद्ध परेका उजुरीमध्ये उनीहरूले जग्गा फिर्ता गर्ने र कानुनबमोजिम ब्याजसहित रकम फिर्ता गर्ने सहमति भएको हो।

कार्यालयका नायबसुब्बा विश्वास श्रेष्ठका अनुसार निवेदकले २०७२ सालमा एक करोड ५० लाख रुपैयाँ र चार स्थानका पाँचवटा कित्ताको जग्गा लेनदेन गरेका थिए।

उनको भनाइमा पहिलो तीन महिनामा पीडितले एक करोड २० लाख रुपैयाँ फिर्ता गर्ने र पीडकले छ कठ्ठा १३.५ धुर जग्गा फिर्ता गर्ने सहमति भएको छ।

दोस्रो चरणमा पीडकले सहमति भएको छ महिनाभित्र बाँकी रहेको ३० लाख रुपैयाँ र कानुनअनुसारको ब्याज रकम भुक्तानी गरेमा बाँकी एक कठ्ठा जग्गा फिर्ता गर्ने सहमति भएको छ।

दुवै पक्षले सहमति कार्यान्वयनमा आएको जानकारी स्थानीय प्रशासनलाई दिनुपर्ने छ। यसअघि कार्यालयले पूर्वी चितवनका एकजना पीडितको दुई कठ्ठा जग्गा छलफलमार्फत फिर्ता गराइएको थियो। रासस

प्रकाशित: २२ मंसिर २०८० ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =