संघीयताकै कारण देशमा विकास भएको हो : विश्वप्रकाश शर्मा

हिमाल प्रेस २१ मंसिर २०८० १८:३७
6
SHARES
संघीयताकै कारण देशमा विकास भएको हो : विश्वप्रकाश शर्मा फाइल तस्बिर

दाङ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश  शर्माले संघीयताका कारण देशमा विकास भएको बताएका छन्।

नेपाली कांग्रेस दाङले घोराहीमा आज (बिहीबार) पार्टी संगठन तथा अन्य विविध विषयमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएको बताए। पार्टीलाई नयाँ तरिकाबाट लैजानुपर्छ भन्ने पार्टी कार्यकर्ताको भावना अनुसार काम गरिरहेको महामन्त्री शर्माले सुनाए।

‘भ्रष्टाचार नियन्त्रण गर्न कानुन बलियो बनाउनुपर्छ, भ्रष्टाचार निवारण ऐनको आधारमा काम कारबाही गर्नुपर्छ,’ उनले भने, ‘निर्दोषलाई फसाउनु हुँदैन, दोषीलाई उन्मुक्ति दिनुहुँदैन।’

एनसेलले पुँजीगत लाभकर तिर्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसो गर्न नसकेमा सरकारले किन्नुपर्नेमा जोड दिए। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले कांग्रेसलाई सबैभन्दा राम्रो पार्टी बनाउन लाग्नुपर्ने बताएका छन्।

प्रकाशित: २१ मंसिर २०८० १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =