अहिलेकै अवस्थामा देश अघि बढ्न सक्दैन : राजेन्द्र लिङ्देन

हिमाल प्रेस २१ मंसिर २०८० १५:१३
6
SHARES
अहिलेकै अवस्थामा देश अघि बढ्न सक्दैन : राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले यथास्थितिमा देश अघि बढिरहन नसक्ने निश्कर्ष निकाल्दै सडक आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ। बिहीबार काठमाडौंमा बसको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको भन्दै यथास्थितिमा देश अघि बढिरहन नसक्ने निश्कर्षका साथ सडक आन्दोलनको अपरिहार्यतामा जोड दिएको हो।

बैठकले राजसंस्था, हिन्दूराष्ट्र पुनःस्थापना, संघीयता खारेजी एवं सुशासन तथा जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जन सहित पारित गरेको छ भने आन्दोलनमा सहकार्यका लागि समान विचार राख्ने राजनीतिक दलहरू संघ संस्थाहरू र अभियान्तालाई आह्वान गर्ने निर्णय गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

केन्द्रीय कार्यसमितिको बैठक पुस १ देखि ३ गतेसम्म काठमाडौंमा बस्ने छ। त्यस्तै बैठकले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय भएको उनको भनाइ छ।

बैठकले राष्ट्रियसभाको निर्वाचनमा राप्रपा सहभागी हुने र यस सम्बन्धमा अन्य दलसँग आवश्यक सहयोग जुटाउन र सम्वाद गर्न पार्टीका राजनीतिक विभाग प्रमुख एवं वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको पनि उनल बताए।

त्यसैगरि राप्रपाले इलाममा हुने उपनिर्वाचनकोे तयारी समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजंग गुरुङलाई जिम्मेवारी दिएको छ भने राप्रपा नियमावली २०८० का मस्यौदालाई विधान मस्यौदा समितिमा पठाइ समितिको रायसहित केन्द्रीय समितिको बैठकमा पेस गर्ने निर्णय पनि गरेको छ। उनले एनसेलको सेयर खरिद बिक्री प्रकरण राष्ट्रहित विपरीत देखिएकाले राज्यले अनुसन्धान गर्नुपर्ने बताए।

प्रकाशित: २१ मंसिर २०८० १५:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =