एनसेल प्रकरण छानबिनका लागि आयोग बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

हिमाल प्रेस २० मंसिर २०८० १६:२८
6
SHARES
एनसेल प्रकरण छानबिनका लागि आयोग बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एनसेल खरिद–बिक्री प्रकरणको छानबिनका लागि आयोग गठन गर्नुपर्ने बताएका छन्। बुधबारको लेखा समिति बैठकमा उनले योजनाबद्ध ढंगले ६ वर्षपछि पनि आफ्नै हातमा राख्न आजियाटाले काम गरेको आरोप उनको छ।

‘छानबिन आयोग गठन गर्नुपर्छ। सरकार कि हाम्रो समितिले बनाउने वा अख्तियारले हेर्नुपर्छ,’ उनले भने।

उनले एनसेलको प्रयोगकर्ता बढ्दा घाटा कसरी भयो भन्ने प्रश्न पनि गरे। ‘एनसेल किनबेच व्यापार हो, पाँच वर्षदेखि कारोबार घट्ने आम्दानी तल गएको देखाएछ तर, उ भित्रभित्रै कमाइ रहेको छ, प्रयोगकर्ता बढेका छन्। कसरी हुन्छ?’ लिङ्देनको प्रश्न छ।

उनले आजियाटाले नियोजित ढंगले काम गरेको भन्दै यो रोक्न समितिले निर्देशन जारी गर्नुपर्ने बताए।

प्रकाशित: २० मंसिर २०८० १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =