राप्रपा वर्तमान सत्ताकेन्द्रित चलखेलमा सामेल छैन : राजेन्द्र लिङ्देन

हिमाल प्रेस २१ फागुन २०८० १२:०६
30
SHARES
राप्रपा वर्तमान सत्ताकेन्द्रित चलखेलमा सामेल छैन : राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राप्रपा वर्तमान सत्ताकेन्द्रित चलखेलमा सामेल नभएको बताएका छन्।

नेकपा माओवादी केन्द्र, नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धन बनेपछि अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन्। उनले सोमबार भने, ‘राप्रपा वर्तमान सत्ताकेन्द्रित चलखेलमा सामेल छैन र हुँदैन।’ यसअघि नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा सरकार निर्माण भएको थियो।

लिङ्देनले वर्तमान समस्याको समाधान सरकार परिवर्तन नभएको पनि बताए। ‘वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन अवस्था परिवर्तन हो। र, मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको अनिवार्य आवश्यकता हो। राप्रपा अहिले यही बाटोमा छ,’ लिङ्देनले भने।

नयाँ गठबन्धनले राप्रपालाई गठबन्धनमा सामेल नगराउने पनि निर्णय गरेको छ।

प्रकाशित: २१ फागुन २०८० १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =