एनसेलमा भएको चलखेल आगामी दिनमा दोहोरिन दिन हुँदैन : पूर्वअर्थमन्त्री कार्की

हिमाल प्रेस २० मंसिर २०८० १५:५७
6
SHARES
एनसेलमा भएको चलखेल आगामी दिनमा दोहोरिन दिन हुँदैन : पूर्वअर्थमन्त्री कार्की

काठमाडौँ – नेपाली कांग्रेसका सांसद, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एनसेलको शेयर खरिद प्रकरण जस्ता घटना दोहोरिन दिन नहुने बताएका छन्।  बुधवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै कार्कीले एनसेलको विषय गम्भिर भएको भन्दै आगामी दिनमा नदोहोरिने गरी त्यहाँका समस्या सधैँका लागि अन्त्य गर्नुपर्ने बताएका छन्।

उनले लगानीमैत्री वातावरण र सन्तुलित आर्थिक विकास बिना मुलुक समृद्धिको दिशामा जान नसक्ने बताए। उनले भावनामा बगेर कुरा गरेर मात्रै पनि मुलुकको आर्थिक विकास हुन नसक्ने बताए। उनले आन्तरिक उद्योग र वैदेशिक लगानीलाई संरक्षण गर्ने नीतिलाई प्रमुख प्राथमिकतामा राख्न आवश्यक रहेको उल्लेख गरे।

समितिको बैठकमा नेपाली कांग्रेसका सांसद दीपक खड्काले कानूनी छिद्रताको प्रयोग गरी सेयर खरिदबिक्री गरेकाले कर्मचारीलाई मात्रै दोष लगाएर नहुने बताए। बैठकमा अधिकांश सांसदहरुले आजियटाको सीइओले नेपालमा वैदेशिक लगानीको वातावरण छैन भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

प्रकाशित: २० मंसिर २०८० १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =