राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति कांग्रेससँग मात्रै छ : ज्ञानेन्द्रबहादुर कार्की

हिमाल प्रेस २० माघ २०७९ १५:५५
4
SHARES
राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति कांग्रेससँग मात्रै छ : ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौँ- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति कांग्रेससँग मात्रै रहेको दाबी गरेका छन्।

शुक्रबार सुनसरीस्थित हरिनगर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै पूर्वसञ्चारमन्त्री उनले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्वीकार्य बनाउन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको दाबी गरेका हुन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा राष्ट्रिय सहमति हुन्छ भनेर बालहठ देखाएको जिकिर गरे। साथै उनले त्यसले मुलुकलाई अघि बढाउन नसक्ने पनि बताए।

‘राष्ट्रपति मैले खडा गरेको व्यक्तिलाई मात्रै भोट दियो भने राष्ट्रिय सहमति हुन्छ भन्नु बालहठ हो,’ उनले भने, ‘सम्मानित संस्थाको नेतृत्व सर्वस्वीकार्य व्यक्तिले गर्नुपर्ने हुन्छ। त्यो व्यक्तित्व नेपाली कांग्रेस भित्रनै छ।’

उनले नेपाली कांग्रेसले सत्ता खोजेर हिँड्न नपर्ने बरु पार्टीको अगाडि सत्ता आफैँ आइपुग्ने बताए।

प्रकाशित: २० माघ २०७९ १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nine =