सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

हिमाल प्रेस १५ मंसिर २०७९ ११:२०
568
SHARES
सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

इटहरी- सुनसरीको निर्वाचन क्षेत्र नं ४ मा सञ्चारमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन्। प्रतिनिधिसभा सदस्यमा कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जगदीशप्रसाद कुसियतले ३० हजार ३७१ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर एक सय १२ रहेको छ। ०७४ को निर्वाचनमा तत्कालीन अर्थमन्त्री रहँदा कार्की यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले त्यसबेला नेकपा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए।

एमालेका कुसियत भने यसअघि प्रदेशसभा सदस्य थिए। उनी शेरधन राई मुख्यमन्त्री रहँदा प्रदेश १ को वन तथा पर्यटनमन्त्री थिए।

प्रकाशित: १५ मंसिर २०७९ ११:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =