कक्षा ११ र १२ को रजिस्ट्रेसन आवेदन खुल्यो

हिमाल प्रेस २० मंसिर २०८० ९:३६
80
SHARES
कक्षा ११ र १२ को रजिस्ट्रेसन आवेदन खुल्यो

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिस्ट्रेसन आवेदन फाराम खुलाएको छ।बोर्डले शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिस्ट्रेसन आवेदन फाराम खुलाएको हो।

पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचना अनुसार माध्यमिक शिक्षा परीक्षा (एसइई) मा न्यूनतम १.६ जीपीए प्राप्त गर्ने विद्यार्थीहरूले कक्षा ११ मा अध्ययन गर्न पाउने हुँदा सोही बमोजिम भर्नाका आधारलाई पालना गरी रजिस्ट्रेसन आवेदन फाराम भर्न सकिने बार्डले जनाएको छ।

रजिस्ट्रेसन आवेदन फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको कक्षा १० को ग्रेडसिटको प्रतिलिपि संलग्न गर्नुपर्नेछ।

रजिस्ट्रेसन आवेदन फाराम बापत बोर्डमा बुझाउनुपर्ने रकम आगामी पुस १५ गतेसम्म विलम्ब शुल्करहीत प्रतिविद्यार्थी ४ सय रुपैयाँ बोर्डका सम्बन्धित कार्यालयको खातामा दाखिला गरिसक्नुपर्ने र सो समयमा रकम दाखिला गर्न नसक्ने विद्यार्थीहरूको हकमा पुस मसान्तभित्र विलम्ब शुल्कसहित प्रतिविद्यार्थी ८ सय रुपैयाँका दरले हुन आउने रकम दाखिला गरी आगामी माघ १५ गतेभित्र सम्बन्धित विद्यालयले बैंक भौचर र रजिस्ट्रेसन आवेदन फाराम बोर्डको सम्बन्धित कार्यालयमा बुझाइ सक्नुपर्नेछ बोर्डले जनाएको छ।

प्रकाशित: २० मंसिर २०८० ९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =