एमालेको छैटौँ दिनको यात्रा : सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट पुग्‍ने

हिमाल प्रेस १९ मंसिर २०८० ७:२८
2
SHARE
एमालेको छैटौँ दिनको यात्रा : सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट पुग्‍ने

काठमाडौँ- नेकपा एमालेले मध्यपहाडी (झुलाघाट–चियोभन्ज्याङ) मार्गको छैटौँ दिनको यात्रा आज (मंगलबार) गर्दैछ।
आज एमालेको यात्रा टोलीले सबैभन्दा लामो दूरी पार गर्दैछ।

आज सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट पुग्न यात्रा टोलीले करिब २ सय किलोमिटर दूरी पार गर्नुपर्नेछ। पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो दैलेखबाट सुर्खेत आउने क्रममा ठाउँठाउँमा पानी परेपनि कार्यक्रमहरू भब्य भएका छन्।

जनसहभागिता उल्लेख्य मात्रा जुटेको छ। आजको यात्रा अहिले बिहान ८ बजे सुरु हुने गौतमले जानकारी दिए। उनका अनुसार आज सुर्खेतकै सिम्तामा बिहानको खाना खाने कार्यक्रम छ।

यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीले आज भेरी बबइ डाइभर्सनको निरीक्षण गर्ने, सल्लीबजार, छेडे बजार, सेरी गाउँ, मुसिकोट लगायतका ठाउँमा स्थानी नेता कार्यकर्ता र शुभेच्छुकलाई भेटघाट गर्नेछन्।

भूकम्पले क्षतिग्रस्त भएको रुकुमको चौरजहारीमा पुननिर्माण सम्बन्धी छलफल गरिने तयारी छ।

प्रकाशित: १९ मंसिर २०८० ७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 3 =