बँदेल मार्न थापेको पासोमा चितुवा परेपछि…

हिमाल प्रेस १८ मंसिर २०८० २१:०६
16
SHARES
बँदेल मार्न थापेको पासोमा चितुवा परेपछि… फाइल तस्बिर।

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–८ प्रगति महिला सामुदायिक वनमा शिकारीले बँदेल मार्नका लागि थापेको पासोमा परेको चितुवाको १८ घण्टापछि आज (सोमबार) उद्धार गरिएको छ। आइतबार साँझ चोर शिकारीले थापेको पासोमा चितुवा परेको हो।

चितुवालाई बेहोस (डार्ट) गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले उद्धार गरेको वडाध्यक्ष बहादुरसिंह महराले बताए। उद्धार गरिएको चितुवालाई निकुञ्जको सुरक्षित स्थानमा छाडिएको छ। पासोमा फसेको भाले वयस्क अवस्थाको चितुवा रहेको छ।

गत वर्ष सिकारीले बदेल मार्न थापेको पासोमा परेर यसै क्षेत्रमा दुई वटा चितुवा मृत अवस्थामा फेला परेका थिए। चुरे क्षेत्र नजिकका सामुदायिक वन चितुवाको वासस्थानका रुपमा रहेका छन्।

प्रकाशित: १८ मंसिर २०८० २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 16 =