भूकम्पपीडितलाई जतिसक्दो चाँडो छानामुनि ल्याउन सञ्चारमन्त्रीको निर्देशन

हिमाल प्रेस १७ मंसिर २०८० २०:१२
6
SHARES
भूकम्पपीडितलाई जतिसक्दो चाँडो छानामुनि ल्याउन सञ्चारमन्त्रीको निर्देशन

रुकुम पश्चिम- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पपीडितका अस्थायी आवास छिटो निर्माण गरिसक्न निर्देशन दिएकी छन्।

भूकम्पप्रभावित क्षेत्रका लागि राहतसहित रुकुम पश्चिम पुगेकी शर्माले भूकम्पपीडितलाई चिसोले थप जोखिम बढाएकाले छिटो अस्थायी आवास निर्माण गरी पीडितलाई छानामुनि बसाल्न जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएकी हुन्।

जिल्लास्थित विपद् व्यवस्थापनको समूहले सोहीअनुसार जनशक्तिलाई प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो परिचालन गर्न उनले आग्रह गरिन्।

प्रकाशित: १७ मंसिर २०८० २०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =