काठमाडौँ– आइतबार सेयर बजार परिसूचक (नेप्से) ७.२९ प्रतिशतले ओरालो लागेको छ। १८५८ बिन्दुबाट सुरु भएको कारोबार १८५१ बिन्दुमा पुगेर रोकिएको हो।
आज ९४ कम्पनीको मूल्य चाहिँ बढेको छ। १३६ कम्पनीको मूल्य घट्दा १० कम्पनीको स्थिर रह्योे। आइतबार कुल कारोबार ९६ करोड ४० लाख रुपैयाँको भयो। कारोबार रकमका हिसाबले सोनापुर मिनिरल्स एण्ड ओयल शीर्ष स्थानमा रह्यो।
सोनापुरको ६ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ। थ्री स्टार हाइड्रोपावरको मूल्य ९.६३ प्रतिशतले बढ्यो। सबैको लघुवित्तको मूल्य ९ प्रतिशतले उकालो लागेको छ। आज लघुवित्त उपसमूहको सूचक २ अंकले बढ्यो। बाँकी सबै उपसमूहको सूचक घटेको छ।
                            प्रकाशित: १७ मंसिर  २०८० १६:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

