कोशीका बिनाविभागीय मन्त्रीले पाए एक महिनापछि जिम्मेवारी

हिमाल प्रेस १७ मंसिर २०८० १४:५२
2
SHARE
कोशीका बिनाविभागीय मन्त्रीले पाए एक महिनापछि जिम्मेवारी

इटहरी- कोशी प्रदेशका तीन बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ। मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले मन्त्रीहरू कांग्रेसका शमशेर राई, माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगुको मन्त्रालय तोकेका हुन्।
राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय र जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

गत असोज २७ गते नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीले सोही दिन शमशेर राई र एमालेका राम रानालाई मन्त्री नियुक्त गरेका थिए। यस्तै कार्तिक १७ गते माअ‍ोवादी र एकीकृत समाजवादीका तर्फबाट उप्रेती र जबेगुलाई नियुक्त गरेका थिए।

त्यसलगत्तै एमालेबाट मन्त्री बनेका राम राना भने सरकारबाट बाहिरिएका थिए। मुख्यमन्त्री कार्कीले अर्थसहित अरु मन्त्रालय भने आफैसँग राखेका छन्।

प्रकाशित: १७ मंसिर २०८० १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =