डडेलधुरा पुगेर ओलीले सम्झिए देउवा

हिमाल प्रेस १५ मंसिर २०८० ९:००
2
SHARE
डडेलधुरा पुगेर ओलीले सम्झिए देउवा

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले मध्यपहाडी संकल्प यात्राको क्रममा डडेलधुरा पुगेका छन्।

उनी हिजो झुलाघाटबाट अभियानको उद्घाटन गर्दै बेलुका डडेलधुरा पुगेका थिए। यही क्रममा सोही ठाउँबाट ओलीले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन्। डडेलधुरा देउवाको गृहजिल्ला हो। ओलीले देउवालाई फोन गरेर ‘तपाईंको गृहजिल्ला आएको बेला सम्झेको नि।’ भनेका छन्।

ओली आफैले सार्वजनिक गरेको फोन संवाद्को भिडियोमा फोनमा हालखबर सोधेका छन्।

देउवाले ओलीलाई ‘कहाँ बस्नुभएको हो?’ भनेर सोधेका छन्। यद्यपि, देउवाको बोली अस्पष्ट सुनिन्छ। देउवाले ओलीलाई गृहजिल्लामा स्वागत गरेका छन्। देउवासँग भएको थप कुराकानीबारे ओलीले केही उल्लेख गरेका छैनन्।

 

प्रकाशित: १५ मंसिर २०८० ९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =