राष्ट्रिय गौरवका रूपमा क्रिकेटका तीन मैदान बनाउने सरकारको निर्णय

हिमाल प्रेस २३ कार्तिक २०८० १५:२६
राष्ट्रिय गौरवका रूपमा क्रिकेटका तीन मैदान बनाउने सरकारको निर्णय चितनवको गौतम बुद्ध अन्तर्राष्ट्रय क्रिकेट मैदान फाइल तस्बिर

काठमाडौँ- सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा तीन वटा क्रिकेट मैदान निर्माणको काम अघि बढाउने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मोरङ, चितवन र काठमाडौँको मूलपानी क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने नर्णिय गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मोरङको विराटनगर, चितवनको भरतपुर र मूलपानी मैदानलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको जानकारी दिइन्।

प्रकाशित: २३ कार्तिक २०८० १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =