वीरगन्ज गोल्डकप : नेपाल पुलिस क्लब फाइनलमा

हिमाल प्रेस २३ कार्तिक २०८० ७:११
4
SHARES
वीरगन्ज गोल्डकप : नेपाल पुलिस क्लब फाइनलमा

पर्सा- नेपाल पुलिस क्लब पर्साको वीरगन्जमा जारी प्रथम वीरगन्जमा गोल्डकप-२०८० को फाइनलमा प्रवेश गरेको छ।

वीरगन्जस्थित आदर्शनगर रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगन्जलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब उपाधि नजिक पुगेको हो।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो।

उक्त खेलको प्लेयर अफ दी म्याच पुलिस क्लबका गोलरक्षक सत्रुघन चौधरी घोषित भए। उनलाई आयोजक भेट्रान सिटी क्लब वीरगञ्जका महासचिव पंकज श्रेष्ठले १० हजार रुपैयाँ पुरस्कार प्रदान गरे।

पुलिस क्लबले फाइनलमा आज हुने संकटा क्लब काठमाडौँ र त्रिभुवन आर्मी क्लबबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग सामना गर्ने छ।

प्रतिगोयतामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी, वीरगन्ज भेट्रान सिटी क्लब तथा भारतको कोलकाता क्लाइभ हाउस डमडम र दिल्लीको एफसीआई नर्थजोन फुटबल टोली  सहभागी छन्।

वीरगन्ज महानगरपालिका मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिताको उपाधि विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही २० हजार रुपैयाँ र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ।

प्रकाशित: २३ कार्तिक २०८० ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twenty =