गाजा युद्धविराम र बन्धकको रिहाइ गर्न कतारको मध्यस्थता

हिमाल प्रेस २२ कार्तिक २०८० २१:२५
6
SHARES
गाजा युद्धविराम र बन्धकको रिहाइ गर्न कतारको मध्यस्थता गाजा सहरको बन्दरगाहमा इजरायली आक्रमणपछि निस्किएको धुवाँको मुस्लो। फाइल तस्बिर।

दोहा- छोटो युद्धविरामको बदलामा गाजामा बन्धक बनाइएका १० देखि १५ जना व्यक्तिको रिहाइका लागि कतारले इजरायल र हमासबीचको वार्तामा मध्यस्थता गरिरहेको छ।

‘एक वा दुई दिनको युद्धविरामको बदलामा १० देखि १५ जना बन्धकको रिहाइका लागि अमेरिकासँगको समन्वयमा कतारी नागरिकको मध्यस्थतामा वार्ता जारी छ,’ वार्ताको संवेदनशीलताका कारण नाम नबताउने शर्तमा स्रोतले भन्यो।

प्यालेस्टिनी लडाकू समूहले अक्टोबर ७ मा गरेको आक्रमणमा एक हजार ४०० भन्दा बढीको मृत्यु हुनुका साथै २४० भन्दा बढीलाई बन्धक बनाइएको इजरायली अधिकारीहरूले बताएका छन्।

गाजामा इजरायलको जवाफी कारबाहीमा १० हजार ५६९ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कतारले हमासको कब्जामा रहेका चार जना बन्धक (दुई इजरायली र दुई अमेरिकी) लाई हालैका हप्ताहरूमा सुपुर्दगी गर्न वार्ता गर्दै तीव्र कूटनीतिमा संलग्न रहेको छ।

धनी खाडी राष्ट्र कतार प्यालेस्टिनी मुद्दाको कट्टर समर्थक रहेको छ र गाजाको इस्लामी शासकहरू हमाससँग सञ्चारको खुला च्यानलहरू छन्।

मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य अखडा रहेको कतारमा हमासको राजनीतिक कार्यालय पनि छ र यो उसको स्वनिर्वासित नेता इस्माइल हनियेहको मुख्य निवास पनि हो। रासस/एएफपी

प्रकाशित: २२ कार्तिक २०८० २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =