कर्णाली सरकारद्वारा भूकम्प प्रभावितलाई दुई करोड हस्तान्तरण

हिमाल प्रेस २२ कार्तिक २०८० ८:१४
4
SHARES
कर्णाली सरकारद्वारा भूकम्प प्रभावितलाई दुई करोड हस्तान्तरण

कर्णाली- कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई दुई करोड ४५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई २५/२५ लाख रुपैयाँ, कुशेमा गाउँपालिकालाई २० लाख रुपैयाँ, छेडागाड नगरपालिकालाई १० लाख रुपैयाँ, जुनीचाँदे गाउँपालिकालाई १० लाख रुपैयाँ र शिवालय गाउँपालिकालाई पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसीले जानकारी दिए।

त्यसैगरी रुकुम पश्चिमको आठबीसकोट र सानीभेरी नगरपालिकालाई २५/२५ लाख रुपैयाँ, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई २०/२० लाख रुपैयाँ, मुसिकोट नगरपालिकालाई १० लाख रुपैयाँ र बाँफीकोट गाउँपालिकालाई पाँच लाख रुपैयाँ रकम हस्तान्तरण गरिएको प्रवक्ता जीसीले बताए।

उनका अनुसार सल्यानको दार्मा गाउँपालिकालाई १५ लाख रुपैयाँ तथा बागचौर र बनगाड कुपिण्डे नगरपालिकालाई पाँच–पाँच लाख रुपैयाँ हस्तान्तरण गरिएको छ।

भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा राहत सामग्री खरिद, वितरण र उद्धार प्रयोजनका लागि स्थानीय तहलाई रकम उपलब्ध गराइएको मन्त्री जिसीले बताए।

यही कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रबिन्दु बनाएर ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको थियो।

प्रकाशित: २२ कार्तिक २०८० ८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =